नेपालको पहिलो समलिङ्गी निर्देशक निलु डोल्मा शेर्पाको निधन

सन् २०१६ मा रिलिज भएको फिल्म ‘हाउ फन्नी’ की निर्देशक निलु डोल्मा शेपाको मृत्यु भएको छ । रिपोर्टका अनुसार उनको शनिबार टिचिङ अस्पताल महाराजगञ्जमा हृदयघातका कारण मृत्यु भएको हो ।

शेर्पाले शुक्रबार मात्र उनकी नजिककी साथी निशा अधिकारीको विवाहमा उपस्थिती जनाएकी थिइन् । पुन्टे परेडमा अभिनय गरेकी उनी नेपालकी पहिलो समलिङ्गी निर्देशक हुन् ।

उनको मृत्युमा विभिन्न हस्तीहरुले समवेदना व्यक्त गरेका छन् ।

पूर्व मिस नेपाल माल्भिका सुब्बाले इन्स्टाग्राममार्फत उनलाई भावपूर्ण श्रद्धाञ्जली दिएकी छिन् । निलुले एकवर्ष अघि उनलाई पठाएको मेसेजको स्क्रिनसट सेयर गरेर उनले आफ्नो समवेदना व्यक्त गरेकी छिन् ।