८१ वडा मध्ये २१ वडा अध्यक्षको नतिजा सार्वजजिक, को कहाँ विजयी ?

पाल्पा– ८ गाउँपालिका र २ नगरपालिका गरी १० स्थानिय तहका ८१ वडा मध्ये पाल्पामा २१ वडा अध्यक्षको नतिजा सार्वजनिक भएको छ ।

जस मध्य १३ वडा अध्यक्षमा नेपाली कांग्रेस , सात वडा अध्यक्षमा एमाले र एक वडा अध्यक्षमा माओबादी केन्द्र बिजयी भएका छन् ।

मूख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाका अनुसार नेपाली कांग्रेसका उम्मेदवारहरु माथागढी गाउपालिका वडा नम्बर ८ बहादुरपुरमा ३८२ मत सहित डिल बहादुर ढेगा, माथागढी गाउँपालिका वडा नम्बर ७ रहबासमा ५५२ मत सहित जंग बहादुर थापा, माथागढी वडा नम्बर १ चिदिपानीमा शिव प्रसाद शर्मा घिमिरे, माथागढी वडा २ रुप्सेमा जनक रिजेल, बगनासकाली गाउँपालिका वडा नम्बर ८ बराङ्दीमा ३१० मत सहित गणेश बस्याल, रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा ६०४ मत ल्याएर बिष्णु गैरे , तानसेन नगरपालीका वडा नम्बर २ मा ४४० मत सहित बरुण पौडेल, तानसेन नगरपालीका वडा नम्बर ४ मा राजेन्द्र मुनि शाक्य, रैनादेबी गाउँपालिका वडा नम्बर २ सोमादीमा जिवनाथ पोख्रेल , बगनासकाली गाउँपालिका वडा नम्बर ९ चाप्पानीमा ७८७ मतसहित ठानेश्वर तिमिल्सिना, तिनाउ गाउँपालिका वडा नम्बर ६ मस्याममा टोम बहादुर पुन , निस्दी गाउँपालिका वडा नम्बर १ बाकामलाङ्गमा पुर्ण बहादुर खाँड, निस्दी गाउँपालिका वडा नम्बर ७ ज्यामिरेमा गगन सिंह सोती बिजयी भएका छन् ।
नेकपा एमालेले पुर्बखोला गाउँपालिका वडा नम्बर १ सिलुवामा १२१०मत सहित भोग बहादुर थापा,रिब्दीकोट गाउँपालिका वडा नम्बर २ देउरालीमा ५७४ मत सहित रामचन्द्र नेपाल, पुर्व खोला गाउँपालिका वडा नम्बर २ जल्पामा ८८२ मत सहित निर बहादुर सारु , रम्बा गाउँपालिका वडा नम्बर २ मा उमानसि सारु , तिनाउ गाउँपालिका वडा नम्बर १ कचलमा रोम बहादुर लम्तरी, तानसेन नगरपालीका वडा नम्बर १ मा पोषकान्त बस्याल र रामपुर नगरपालीका वडा नम्बर १ मा मित्रलाल कडेल बिजयी भएका छन् । अहिले सम्म माओबादी केन्द्र १ वडामा मात्रै बिजयी भएको छ ।
माओबादी केन्द्रको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सोम बहादुर दर्लामीको प्यानल रैनादेबी छहरा गाउँपालिकाको वडा नम्बर १ सिद्धेश्वरमा बिजयी भएको हो । वडा अध्यक्षमा विजयी दर्लामीले ६११ मत प्राप्त गरेका छन् ।
शुक्रबार बिहान सम्मको नतिजा अनुसार तानसेन नगरपालीका, पूर्ब खोला गाउँपालिका, तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रम्बा गाउँपालिका , रैनादेबी गाउँपालिका र रामपुर नगरपालीका गरी ७ स्थानिय तहमा नेकपा एमाले अगाडि रहेको छ भने नेपाली कांग्रेसले निस्दी गाउँपालिका, बगनासदेबी गाउँपालिका र माथागढी गाउँपालिका गरी तीन स्थानमा अग्रता लिएको छ । पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेस बिच प्रतिस्पर्धा देखिएको छ ।