फिल्म अवार्डका लागि लन्डन उत्रिए कलाकार [भिडियो सहित]

19622467_1500834766603538_659901762_nशिव भण्डारी/एभरेस्ट गौतम

लन्डन- बक्स अफिस फिल्म अवार्डका लागि नेपालका चर्चित कलाकारहरु बिहीबार बेलुका लन्डन आएका छन् ।

अवार्डका लागि कलाकारहरु साँझ हिथ्रो विमानस्थलमा उत्रिएका हुन् । कलाकारहरुलाई आयोजक थर्ड आईले स्वागत गरेको छ। १ जुलाई शनिबार बेलायत अल्डरसटस्थित एम्पायर हलमा अवार्ड हुनेछ ।19576376_1500835006603514_950890137_n

अवार्डका लागि कलाकारहरु करिष्मा मानन्धर, आर्यन सिग्देल, केकी अधिकारी, अशिष्मा नकर्मी, वर्षा सिवाकोटी, सुरबीना कार्की, नम्रता योगी, सलोन बस्नेत, अनुप विक्रम शाह, आर्यन अधिकारी, द्वन्द्व निर्देशक एनबी महर्जन, पुष्कर लामा, रामकुमार बोगटी, प्रदीप उदय, सुन्दर लाल, सुशील कुमार, गायक गायिका आनन्द कार्की, सन्जिवनी, संगीतकार शिखर सन्तोषलगायत लन्डन आएका छन् । आयोजक थर्ड आइका अनुसार अन्य कलाकारहरुसमेत बेलायत आउने तयारीमा छन् । अवार्डको तयारी तीव्र भइरहेको थर्ड आईका कार्यक्रम संयोजक विकास देवकोटाले जानकारी दिए ।

19576752_1500835529936795_1038238313_o19437742_1500820146605000_8342066586971123522_nबेलायतमा पहिलो पटक हुन लागेको १० औं नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड आयोजक विकाश देवकोटा, जीवन सेन, ओजेश सिंह, युवराज सिंह र करण तामाङ कांग्रेस नेता प्रबेस केशी, रिता गौतम  सहित पत्रकार नविन पोखरेल, शिव भण्डारी, एभरेस्ट गौतम, वीरेन्द्र श्रेष्ठ पनि कलाकारको स्वागतका लागि विमानस्थल पुगेका थिए । (भिडियो हेर्न न छुटाउनु होला)