दोस्रो चरणको चुनावमा भोजपुरबाट खोल्यो माओवादी केन्द्रले खाता

भोजपुर – माओबादी केन्द्रले यस जिल्लाबाट दोस्रो चरणको चुनावमा खाता खोलेको छ ।

रामप्रसाद राई गाउँपालिका–८ मा माओबादी केन्द्रका वडाध्यक्ष उमेदवार मनोज राईको प्यानल नै विजयी भएको हो ।

माओबादी केन्द्रका वडाध्यक्षका उमेदवार मनोज राईले ३२२ मत प्राप्त गरी निकटतम प्रतिद्धन्दि एमालेका बाचकुमार राईलाई १२ मतले पछि पार्दै विजयी भएका हुन् ।

औपचारिक घोषणा हुन वाँकी छ । नौ वटा स्थानीय तह रहेको भोजपुर जिल्लामा पाँच वटा तहको मगणना जारी रहेको ।