गाउँको बिद्यालयलाई एकै परिवारबाट १५ लाख सहयोग

गुल्मी १६ माघ  । माघ ११ गते देखि सुरु भएको शारदा माध्यामिक विद्यालय रुपाकोट–१ , लपोखरा गुल्मीको स्वर्ण महोत्सव समारोहको  समापन गरिएको छ । समापन समारोहलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्वर २ का सभासद चन्द्र भण्डारीले प्रमुख आतिथीको आशनबाट सम्वोधन गरेका थिए ।
औपचारिक रुपमा समापन भए पनि गायक खुमन अधिकारी र गायिका सपना गाह लगायतका कलकारहरुवाट सांस्कृतिक कार्यक्रम साँझ सम्म चलिरहेको थियो ।

शारदा माविको महोत्सवमा एक करोड बढि संकलन शारदा माध्यामिक विद्यालय रुपाकोट १, म्यालपोखरा गुल्मीको स्वर्ण महोत्सवमा एक करोड भन्दा बढि चन्दा संकलन भएको छ । माघ ११ गते देखि सुरु भएको उक्त विद्यालयको आज समापन गरिने स्वर्ण महोत्सवको पुर्व सन्ध्यामा त्यस विद्यालयका प्रधानध्यापक ज्योतिमान श्रेष्ठले साँझ सम्म एक करोड २० लाख रुपैयाँ चन्दा संकलन भएको बताए ।

गाउँको बिद्यालयलाई एकै परिवारबाट १५ लाख सहयोग: श्री शारदा माबीको स्वर्ण महाेत्सवमा सबैभन्दा धेरै चन्दा दिने दाता स्व. दण्डपानि र नरमादा भण्डारीकाे परिवारबाट १५ लाख रुपैँया सहयोग भएको छ । भण्डारीको परिवारलाई महोत्सबको अन्तीम दिन संबिधान सभाका सभाषद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले सम्मान गरेका थिए ।