काठमाडौ– सरकारले आन्दोलनरत दल राजपालाई निर्वाचनमा सहभागि बनाउन भन्दै २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचन तेस्रो चरणमा गर्ने निर्णय गरेपनि राजपाका नेताहरुले भने आफुहरुको माग निर्वाचन मिति सार्ने नभएको बताएका छन् । उनीहरुले सरकारले आफुहरुले उठाउदै आएको संविधान संशोधन, जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप, मधेस आन्दोनलमा लगाइएका मुद्धा फिर्ता, क्षतिपुर्ति र शहीद घोषणा नगरेको भन्दै ति माग पुरा गर्नुको साटो निर्वाचन मिति सारेको अरोप लगाएका छन् ।
राजपा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादवले पछिल्लो राजनीतिक घटनाक्रबारे छलफल गर्न शुक्रबार राजपाको बैठक बस्दैछ । उनका अनुसार शुक्रबारको बैठकले ठोस धारणा तय गर्नेछ । राजपाका नेताहरु राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झा उपत्यका बाहिर भएकाले उनिहरु काठमाडौं आएलगत्तै बैठक बस्नेछ ।
उक्त बैठकले पुर्व घोषित आन्दोलनका कार्यक्रम स्थगित गर्ने वा जारी राख्ने भन्ने विषयमा निर्णय गर्नेछ । सरकारले राजपालाई स्थानीय निार्वचनमा सहभागि गराउन भन्दै २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन असार १४ बाट असोज २ मा सारेको थियो भने उम्मेदवार मनोनयनको मिति समेत परिवर्तन गरेर असार २ बाट असार ४ मा पुर्याएको थियो । तर, सरकारको यो निर्णयपछि पनि राजपा सन्तुष्ट भने हुन सकेको छैन ।
सरकारको निर्णयपछि राजपाका नेताहरु अलमलमा परेका छन् । कतिपय नेताहरु सरकारको पछिल्लो निर्णयपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएर चुनावमा भाग लिनुपर्ने पक्षमा छन् भने कतिपय नेताहरु माग पुरा नभएसम्म आन्दोनल जारी राख्नुपर्नेपक्षमा उभिएका छन् ।






