सनराईजले ८ मे आईतबार चार्ल्टनमा लाईभ दोहोरी गर्दै चर्चित गायक रेशम निर्दोष र गायिका अनुपा मगरले बबाल मचाउने !!

लण्डन । नेपालका चर्चित कलाकारहरुको उपस्थितिमा बेलायतमा लोक दोहोरी धमाका साँझ आयोजना हुने भएको छ । आगामी मे ८ तारिख आईतबार चार्ल्टन स्थित मेरिडियन स्पोर्ट्स एण्ड सोसल क्लवको सभाहलमा सनराईजको आयोजनामा लोक दोहोरी धमाका साँझ हुने भएको हो ।कार्यक्रम शुरु साझँ ६ बजे देखी ११ बजे सम्म संचालन हुनेछ।

उक्त दोहोरी साँझमा नेपालका चर्चित लोक दोहोरी कलाकारहरु रेशम निर्दोष र अनुपा मगरले लोक तथा दोहोरी गीत प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । पछिल्लो समय लोक दोहोरीमा एकछत्र राज गरेका रेशम र अनुपा मगरले उक्त साँझमा धमाका गर्ने गरि व्यापक तयारी गरिएको छ ।

गायक रेशम निर्दोसका चर्चित गितहरु मुटु कसेर, बन्दुक भरुवा, भीरको खनीयो, नौतुनाको रेल छन् भने गायिका अनुपा मगरका चर्चित गितहरु गाउले पाराको, सुनी माया, जहाज को टिकट , दाना गाउँ ,पुन्य मिल्छ मलाई रहेका छन् ।

सनराईज ईभेन्टसका निर्देशक एब लन्डन नेपाल न्युजका कोडिनेटर प्रकाश कडेंलले कार्यक्रममा समय खर्च नगरी ननस्टप ३ घण्टा दोहोरी धमाका गरिने बताए ।

कार्यक्रमलाई अझै रमाईलो र मनोरञ्जनात्मक बनाउन चर्चित डिजे हेम विष्टले विभिन्न म्यूजिक बजाएर डिजे प्रस्तुती दिने समेत उनले बताए ।

कार्यक्रममा नाच्न रमाउन मात्र १० पाउण्डको टिकट राखिएको छ ।कार्यक्रममा उपस्थितिका लागि सबैसगं अनुरोध समेत गरिएको छ ।