भिजे सुरज गिरी र मोडल साहना बज्राचार्य फेरि पक्राउ

काठमाडौं, १५ माघ । फोन गरेर अश्लील गाली गरेको आरोपमा प्रहरीले भिजे सुरज गिरी र मोडल साहना बज्राचार्यलाई पक्राउ गरेको छ । फोन गरेर तथानाम गाली गर्दै हत्या गर्नेसम्मको धम्की दिएको भन्दै हर्षवर्धन साहनीले महानगरीय प्रहरी अपराध महाशाखमा उजुरी गरेपछि प्रहरीले बुधबार गिरी र बज्राचार्यलाई पक्राउ गरेको हो ।

ktv-vjs

अपराध महाशाखा प्रमुख पुष्कर कार्कीले उजुरीका आधारमा सोधपुछका लागि दुवैलाई नियन्त्रणमा लिइएको बताए । प्रारम्भिक अनुसन्धानमा पीडितको दावीअनुसारको गतिविधिमा दुवैको संलग्नता देखिएपछि अनुसन्धान र मुद्दा प्रक्रिया अगाडि बढाउन महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको उनले जानकारी दिए ।

स्रोतका अनुसार सहनीले प्रहरी कार्यालयमा बुझाएको अडियो रेकर्डमा दुवैले उनको हत्या गर्ने सम्मको धम्की दिएका छन्,आजको नागरिक दैनिकमा खबर छ ।