छोरा सरह छोरीहरुलाई जग्गा

रुकुम, १५ माघ रुकुम मग्गाका एक व्यक्तिले आफ्ना छोरीहरुलाई पनि छोरा सरह पैतृक सम्पत्ति प्रदान गरेका छन् । मग्मा ३ वाउँनवाराका ५९ वर्षीय खम्बे खत्रीले ४ छोरीहरुलार्ई ७ सय ४० वर्ग मिटरका दरले जग्गा प्रदान गरेका हुन् ।

Rukum_district_location (1)

खत्रीका विवाहित छोरीहरु मनिषा खत्री, खड्का, थुममाया खत्री, यशोदा खत्री र अविवाहित छोरी भुममाया खत्रीले आफ्ना दाजुभाईले पाए वरावरको अंश प्राप्त गरेका हुन् । १४ छोरा, छोरीका बुबा बनेका खत्रीले छोरी पनि आफ्नै सन्तान भएकोले विभेद् गर्न नहुने भन्दै छोराछोरीलाई समान रुपमा अंशवण्डा गरिदिएको बताए ।

छोरीलाई पनि छोरा सरह समान अंश दिनुपर्छ भनिए पनि त्यस्तो हुन नसकेको भन्दै आफुले गाउँमा उदाहरणीय कार्यको सुरुवात गर्न खोजेको उनको भनाई छ । सामाजिक कार्यमा समेत सक्रिय खत्रीले छोरालाई काखा र छोरीलाई पाखा नगर्न सवैलाई आग्रह गरेका छन् ।

छोराछोरी समान हुन भन्ने गरिएपनि समाजमा छोरीलाई पैतृक सम्पति दिनुपर्छ भन्ने चेतनाको अझै विकास भैसकेको पाईदैन् । जसका कारण पैतृक सम्पतिमा छोरीको अधिकार कम प्रयोग भएको देखिन्छ ।