संसदमा प्रचण्डको सम्बोधनः शेरबहादुरजीले दवाव दिएर मैले राजीनामा दिएको हैन

काठमाडौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा सविधानको स्वीकार्यकता बढाउने, भुकम्प पीडितलाई राहत दिने, पहिलो चरणको स्थानीय तहको चुनाव महत्वपूर्ण लगायतको सवालमा सफल भएको दाबी गरेका छन् ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवाले दवाव दिएर पदबाट राजीनामा नदिएको भन्दै बरु विगतको सहमति कार्यान्वयन गर्नको लागि स्वःइच्छाले राजीनामा दिएको बताए ।

उनले विभिन्न पक्षबाट निर्वाचन हुन नदिने प्रयासहरु भएको भन्दै त्यसलाई चिर्दै चुनाव गराउँदा विगतको समझदारी कार्यान्वयन गर्न ढिलाई हुने हुँदा इमान्दार भएर समयमै राजीनामा दिएको बताए ।
उनले देउवा नेतृत्वको सरकारले बाँकी कार्यभार पूरा गर्ने र त्यसमा आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले के–के भनेः

–मलाई संसदबाटै राजिनामा दिन मन थियो त्यो सम्भव नभएपछि जनतामा गएर राजिनामा दिएँ ।
–मेरो नेतृत्वको सरकारले छिमेकी मुलुकसँग सन्तुलित व्यवहारको सुरुवात गरे ।
–संविधानसभाबाटै संविधान बन्नुपर्छ भन्नेमा सवैभन्दा बढि चिन्तित माओवादी थियो । त्यसैअनुसार अगाडी बढ्यौ ।
–संविधान बनाउनकै लागि प्रतिपक्ष छाडेर राजनैतिक एकता र सहमतिको बातावरण बनाइयो, त्यहि कारण राजनीतिक शक्तिलाई एक ठाउमा आउन सहयोग गर्यो ।
–राष्ट्रिय एकताको महशुस गरेर नै संविधान जारी गर्न सकेका हौ । त्यो वेला केपी ओली र म दुवैले संबिधान गतिशिल दसतावेज भनेर भनेका थियौ ।
–संविधानको स्वीकार्यता बढाउन मैले मधेसकेन्द्रीत दलका माग सम्बोधन गर्दै निर्वाचन गर्न सकिएला कि नसकिएला भनेर मेरो कार्यकालमा थियो । त्यसिह भएर सरकार गठनभएदेखि नै असन्तुष्ट पक्षलाई मनाउन आफ्नो भुमिका निभाउने प्रयास गरे र अहिले पनि जारी छ ।
–दोस्रो पटक ल्याइएको संसोधन विधेयक सवैले स्वीकार्न सक्ने गरी ल्याइएको छ । खुला दिलले छलफल गर्न अपिल गर्छु ।
–केपी ओलीले चुनावपछि संसोधनमा छलफल गर्न सकिन्छ भन्ने कुरा सकारात्मक हो तर त्यसका लागि चुनाव अघि न्युनतम सहमति गरौ ।
– मेरो गोरुको १२ टक्का कसैले नभनौ अनिमात्र राष्ट्रको नेतृत्व गर्न सकिन्छ ।
– धेरै अप्ठ्याराहरुसँग जुधेर स्थानीय तहको निार्वचन गरिछाड्ने प्रतिज्ञा गरेर सरकारले तयारी अगाडी बढायो । त्यसका लागि स्थानीय तहको पुनसंरचना पनि गरियो ।
–कांग्रेस र माओवादीबीच भएको सहमतिअनुसार नै मैले निर्वाचनको बीचमा राजिनामा दिएको हो ।