‘मिसेस नेपाल यूके’को ताज आस्था जोशीलाई [भिडियो सहित]

शिव भण्डारी
लन्डन– १६ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिसेस नेपाल यूके २०१७’ प्रतियोगिताको उपाधि आस्था जोशी बटाजु पहिरिएकी छन् । शुक्रबार साँझ लन्डन हयारोस्थित हयारो बरो फुटबल क्लबमा सम्पन्न प्रतियोगितामा रनर अप पुनम गुरुङ र सेकेन्ड रनरअप भइन् अमृता गिरी गजुरेल ।18901684_1471822976210482_1266145030_o-768x512

बेलायतमा पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा शर्मिला क्षेत्रीले पब्लिक च्वाइसको उपाधि जितिन् । विवाहित महिलाहरुको प्रतिभा उजागर र उनीहरु घरमा मात्र होइन, समाजमा समेत आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन् भन्ने दर्शाउन कार्यक्रम गरिएको आयोजक लन्डन फेशन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जनाइन् ।

18901097_1730167527282599_1421891153_o लन्डनस्थित नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहेको कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, उपाध्यक्ष शान्ति थापा कुँवर, तमु समाज बेलायतका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, यती पूर्व अध्यक्ष उमेशराज मोक्तान, गायक योगेश्वर अमात्य लगायत सहभागी थिए ।18871336_10209331014141197_212641664_n

प्रतियोगिताको निर्णायकमा रजनी प्रधान, रजनी सुनुवार, सब्रिना श्रेष्ठ, सबी लामा मोक्तान, शर्मिला बर्देवा र बिना राई थिए । अन्तिम प्रतिस्पर्धामा आस्था जोशी बाटाजु, प्रिया मोक्तान लामा, रुपा अमात्य श्रेष्ठ, अमृता गिरी गजुरेल, राफी श्रेष्ठ, शर्मिला पछाईं थापा, सोनी राजभण्डारी श्रेष्ठ, प्रिमा पन्त भट्टराई, निरु श्रेष्ठ, सीता भण्डारी त्रिपाठी, मञ्जु शाह, अञ्जु श्रेष्ठ, पुनम गुरुङ, गीता श्रेष्ठ, संगीता मगर भारती, गीता बस्नेत पाण्डे र सिर्जना पाण्डे प्रतिस्पर्धी थिए ।

सइन्द्र केसीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रतियोगिताका सल्लाहकार शिवजी श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए ।कार्यक्रमको कोरियोग्राफी सिम्मी पुन, साउन्ड एन्ड डिजेमा चाँद म्यूकि एन्ड वर्ल्ड, फेस शो कोअर्डिनेटरमा मिस नेपाल यूके टेनिशा राना, प्रस्तुतिमा मिस लिटिल नेपाल यूके प्रतिष्ठा त्रिपाठी, प्रिन्टिङ पार्टनरमा अनलाइन गिफ्ट टु नेपाल, स्टेड एन्ड लाइटमा ड्रिम्स क्रिएसन, अफिसियर फोटोग्राफरमा युद्ध पुन रहेका थिए ।