विरुवा रोपेर पदभार ग्रहण गर्न पुगे काठमाडौं महानगरका मेयर

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज पदभार ग्रहण गरेका छन् । बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित शाक्यले आज पदभार ग्रहण गरेका हुन् ।

सुन्धारास्थित महानगरपालिका कार्यालयमा पुगेर पदभार गरेका उनले भोलिदेखि लागू हुने गरी क्लिन काठमाडौं अभियान सुरु गर्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गरे । सोहि क्रममा उपमेयर हरिप्रभा खड्गीले पनि पद पदबहाली गरिन् ।

यसअघि राष्ट्रिय सभागृहमा आयोजित एक विषेश कार्यक्रममार्फत मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले उनीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए भने सो पछि महानगरपालिका परिसरमा रहेको बगैंचामा रुद्राक्षको विरुवा रोपेका थिए । विरुवा रोप्ने काम सकिएसँगै उनीहरु पदभारका लागि कार्यालय पुगेका हुन् ।