दोस्रो चरणको निर्वाचन असार १४ गते

काठमाडौं– सरकारले दोस्रो चरणको निर्वाचन मिति असार ९ गतेबाट सारेर १४ पुर्‍याएको छ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम समुदायको पर्व रमजानलाई मध्यनजर गर्दै सरकारले असार १४ गते चुनाव सार्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले मिति सार्नेबारे निर्वाचन आयोगका पदाधिकारीसँग मंगलबार परामर्श गरेका थिए ।

जेठ ३१ मा घोषित दोस्रो चरणको निर्वाचनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार ९ मा सारेको थियो । मुस्लिम समुदायका केही अगुवाहरूले मंगलबार प्रधानमन्त्री दाहाललाई भेटी रमजान पर्व १३ गते सकिने भएकाले त्यसपछि चुनाव राख्न आग्रह गरेका थिए ।