बेलायतको गोर्खा कप’ मा दर्शक भीडले मैदान नेपालीमय [भिडियो सहित]

18762661_10209288947129548_275259186_n  शिब भण्डारी

लन्डन– बेलायतमा नेपालीहरुको सबैभन्दा वृहत मेला अर्थात गोर्खा कप करिब १० हजार भन्दा बढीले अवलोकन गरे ।

आइतबार अल्डरसटस्थित क्विन्स् एभेन्यू मैदानमा भएको १५ औं ‘गोर्खा कप’ मा दर्शक भीडले मैदान र अल्डरसट टाउन नेपालीमय बन्यो । सडक, रेष्टुरेन्टमा नेपाली भन्दा अरु अनुहार देखिएन । नेपाली खानाका परिकार बिशेष आकर्सण थिए । विभिन्न नेपाली समान तथा सजिसजाउ स्टल हरु रहेको उक्त मेलामा मानिसहरु कोसौं टाढाबाट बस नै रिजर्भ गरेर खेल हेर्न ओइरिएका थिए । आयोजक तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले भने, ‘अब केही वर्षमै गोर्खा कपलाई अन्तर्राष्ट्रिय प्रतियोगिता बनाउने हाम्रो लक्ष्य छ ।’ यसपटक हङकङ र बेल्जियमबाट पनि खेलाडी सहभागी थिए । १० हजार भन्दा बढीले गोर्खा कप अवलोकन गरेको जनाउँदै अध्यक्ष गुरुङले खेल सम्पन्न गर्न करिब ४० हजार पाउण्ड लागेको जनाए ।IMG_7604

तमुधिंले वर्षैपिच्छे नेपाली समुदायलाई एकै ठाउँमा एकत्रित गरेकामा प्रमुख अतिथि रसमोर बरो काउन्सिलका मेयर सोफिया चौधरी पनि दंग थिइन । ‘म गोर्खा कपबाट धेरै खुशी भए’, मेयर चौधरीले भनिन् ।

विशेष अतिथि बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीले मन्तव्यका क्रममा बेलायतीसँग नेपाली समुदायको समायोजनमा यस्ता गतिविधिले सघाउने बताए । तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले छरिएका नेपालीलाई एकै थलोमा जमघट र नेपाली कला संस्कृति संरक्षण गर्नु गोर्खा कपको उद्देश्य रहेको जनाउँदै सहभागी खेलाडी, कोच, दर्शक, स्वयंसेवी लगायत सबैमा धन्यवाद व्यक्त गरे ।18698433_1593446217385486_367190051639662754_n

यसैबीच आयोजक तमुधिं यूके अध्यक्ष ग्याम गुरुङ र रसमोर बरो काउन्सिलका मेयर सोफिया चौधरी,नेपाल फुटबल टिमका पुर्व राष्ट्रिय कप्तान तथा वर्तमान प्रशिक्षक राजु शाक्य, गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुछेत्र गुरुङ युवा व्यवसायी एवं समाजसेवी रवि लामिछाने एनआरएनए युरोप संयोजक कुल आचार्यले विजेतालाई संयुक्त रुपमा उपाधि प्रदान गरे । कार्यक्रम मा बिशेष अतिथि हरु टोटनम क्लबका पूर्व कप्तान लेडली किङ्ग, चिफ अफ ब्रेन काउन्सिल महमदबाट,टोटनाम क्लबका टोनी स्टिभन लागयत को उपस्थिति थियो । भने पूर्व कप्तान किङ्ग लाइ गुल्मेली पन्चे बाजा को धुन ले भब्य स्वागत गरिएको थियो सम्बोधन का क्रममा उनि नेपाल को यात्रा पनि गर्ने बताए।

कार्यक्रममा ब्रिगेड व्याण्ड अफ गोर्खाजको प्रस्तुति र खुकुरी नृत्य गोर्खा कपका आकर्षण थिए ।18813285_1648923131803694_3722464649553582918_n

चालीस वर्ष उमेर मुनिका ३२ टिम र चालीस वर्ष उमेर माथिका ८ टिम रहको खेल संयोजक पिलाम्वर गुरुङले जानकारी दिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङ, तमुधिं यूकेका संस्थापक तथा पूर्वअध्यक्षहरुको उपस्थिति थियो ।कार्यक्रमको सञ्चालन महासचिव कृष्ण गुरुङले गरेका थिए ।

अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा सम्पन्न तमुधिं यूकेको १५ औं संस्करणमा युथ तर्फ मंगोलियन भान्जा (एमबीजेड) ले गोर्खा कप उपाधि जित्यो भने रनर अप ब्रिगेड ब्वाइज क्लब (बीबीसी) भयो । भेट्रानतर्फ एफसी केन्ट वीनर र इलाम एफसी रनरअप बने । युथ विजेता टोलीले २००० पाउन्ड, उपविजेताले १००० पाउन्ड, भेट्रान्सतर्फ विजेताले १००० पाउन्ड र उपविजेताले ७०० पाउन्ड र ट्रफी पाए ।

करिब १०हजार सहभागी उक्त कार्यक्रम विगत वर्ष भन्दा निकै सर्वाधिक सफल ठानिएको छ । कार्यक्रमको सफलतालाई अधिकांशले गोर्खा कपप्रति नेपाली समुदायको विश्वासका रुपमा हेरेका छन् । कार्यक्रममा बेलायतको नेपाली डायस्पोरा र सञ्चारकर्मीहरु राम्रो उपस्थिति थियोIMG_7607

उक्त ऐतिहासिक गोर्खा कप सफल बनाउन सम्पूर्ण बेलायतबासी नेपाली दाजुभाइप्रति तमु धि लण्डन इकाईका अध्यक्ष डेबिड गुरुङ, मेजर (रि) डमर घले,एनआरएनए यूके संरक्षक सूर्य गुरुङ,एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुँवर, उपाध्यक्ष हित काजी गुरुङ एबम रोहित गुरुङ, नबिन गुरुङ, योगन क्षेत्री ,शिब जी श्रेष्ठ, रामशरण सिमखडा, योग फगामी, हिराधन राई, लन्डन नेपाल न्यूजका प्रवन्ध निर्देशक राजकुमार त्रिपाठी, पूर्वअध्यक्षहरु सुबाश सिङ गुरुङ, कमल गुरुङ, सुर्य गुरुङ (रामचन्द्र) लगायतले खुसी व्यक्त गरेका छन्।

तमुधिं यूकेले वार्षिक रुपमा आयोजना गर्ने गोर्खा कपको यो १५ औं संस्करण हो।