विकास निर्माणमा चीन विश्वमै अग्रणी छ । तर, ध्वंस गर्ने काममा पनि उ कमजोर छैन । यसको एक झलक हालै वुहान शहरमा देखियो ।
हामीकहाँ एउटा भवन भत्काउनुपर्यो भने हप्तौं लगाइन्छ । तर त्यहाँ १० सेकेन्डभित्र १९ वटा ठूला भवनलाई भग्नावशेषमा परिणत गरियो । आँखा झिम्क्याउन नपाई यति धेरै भवनहरु लोप भए ।






