काठमाडौं– कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि बिहीबार ठूलो दलको नेताका हैसियतले संसदमा रहेका दलहरुलाई सहयोगका लागि पत्र पठाउने भएका छन् ।
राष्ट्रपतिले सात दिनको समय दिएपछि ठूलो दलको रुपमा सभापतिले नयाँ सरकार गठनका लागि पहल थाल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिए । जेठ ३१ को दोस्रो चरणको निर्वाचनअघि नै आफ्नो नेतृत्वमा सरकार बन्ने देउवाको विश्वास छ ।
राष्ट्रपतिले सहमतीय सरकारका लागि आह्वान गरे पनि त्यो सम्भावना कमजोर छ । अहिलेकै गठबन्धन दल एक ठाउँमा उभिँदा प्रमुख प्रतिपक्षी दल एमालेले सरकार गठनमा चासो नदेखाउने भएको छ ।






