काठमाडौँ- पहिलो चरणको स्थानीय तहको वैशाख ३१ भएको निर्वाचनका मतपेटिका संकलन गर्ने कार्य पूरा भएको छ ।
निर्वाचन आयोगका अनुसार, मतपेटिका सङ्कलन भएपनि मुलुकका सात वटा मतदान केन्द्रमा मतगणना सुरु हुन बाँकी नै रहेको छ । छ स्थानमा विभिन्न कारणले मतगणना र मतदान नै रोकिएको छ ।
काभ्रे र दोलखाको एक तथा कालीकोटको दुई स्थानमा भएको विवाद र झडपका कारण पुनःनिर्वाचनको माग भई आएकाले त्यसबारे छलफल भइरहेको जनाइएको छ ।
भक्तपुरको चाँगु–नगरकोटमा अन्य जिल्लाको केही मतपत्र प्रयोग भएका कारण पुनः मतदानको माग भएको हो ।
निर्वाचन आयोगमा हालसम्म विभिन्न स्थानीय तहका पाँच अध्यक्ष, चार उपाध्यक्षसहित १५८ जना निर्वाचित भएको आधिकारिक विवरण प्राप्त भएको जनाइएको छ ।
औपचारिक घोषणा नभएपनि धेरै ठाँउमा मतगणना सकिएपछि हारजितको तस्बीर आएको छ ।
प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८१ स्थानमा भएको मतदानमा २६० भन्दाबढी स्थानमा भने मतगणना जारी रहेको आयोगले जनाएको छ ।
अहिलेसम्म एमालेले ७, काँग्रेसले ७ र माओवादीले ७ स्थानमा जित हासिल गरेको बताइएको छ ।
एमालेले विजय गरेका
मनाङ चामे गाउँपालिकाः लोकेन्द्र बहादुर घले
मुस्ताङ घरपझोङ गाउँपालिकाः आशबहादुर गुरूङ
डोल्पा ठूलीभेरी नगरपालिकाः गणेशबहादुर शाही
डोल्पा शेफोक्शुण्डो गाउँपालिकाः तसी तुन्डुक गुरुङ
डोल्पा काइके गाउँपालिकाः अंगद राना
मनाङ नेस्याङ गाउँपालिकाः कान्छा घले
फेदीखोला गाउँपालिका, स्याङ्जा घनश्याम सुवेदी
कांग्रेस विजय भएका ठाँउ
मनाङ नोशाङ गाउँपालिकाः चन्द्र घले मुस्ताङ
थाकसाङ गाउँपालिकाः बुद्धिप्रसाद शेरचन
जाजरकोट कुशे गाउँपालिकाः हरिश्चन्द्र बस्नेत
नवलपरासीको बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना
बागलुङ तमानखोला गाउँपालिकाः जोकलाल बुढा
मनाङ नार्फु गाउँपालिकाः मिङ्मा छिरीङ लामा निर्विरोध
मुस्ताङ,लोमन्थाङ गाउँपालिका,सुवर्णकुमार विष्ट
माओवादी विजय गरेका स्थान
डोल्पा, मुडकेचुला गाउपालिका : दतबहादुर शाही
जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया
जाजरकोट, शिवालय गाउपालिकाः लालबहादुर थापा
जुम्ला, गौठिचौर गाउपालिकाः हरि बहादुर भण्डारी
कालिकोट, सान्नि जेवेगी गाउपालिकाः डम्वरबहादुर शाही
हुम्ला, ताजकोट गाउपालिकाः बाग्दुल मल्ल
जुम्ला, हिमा गाउँपालिकाः राज बहादुर साही






