काठमाडौ, भरतपुर र पोखरा महानगरपालिकाको मतगणना सुरु हुन सकेन : ललितपुरमा कांग्रेस अगाडि

काठमाडौ– आईतबार सम्पन्न अधिकांश स्थानीय तहको निर्वाचनको मत गणना आजबाट सुरु हुदैछ । कतिपय स्थानीय तहको मत गणनको काम हिजोबाटै सुरु भएपनि धेरैजसोको आजबाट सुरु हुन लागेको हो ।

पहिलो चरणमा निार्वचन भएका २८१ तहअन्र्तगतका चार महानगरपालिकामध्ये ललितपुर महानगरको मतगणना आइतबार रातिबाटै सुरु भएपनि काठमाडौ, भरतपुर र पोखराको भने आजबाट मात्रै गणना गरिनेछ । जसका लागि आज बिहान आठबजेबाट ति स्थानमा मतगणना सुरु गरिने भनिएपनि सर्वदलिय बैठक बस्न नसक्दा ति स्थानको मतगणना गर्न ढिलाइ भएको मुख्य निर्वाचन अधिकृतका कार्यलयले जनाएका छन् ।

धेरेको चासोको विषय बनेका महानगरको परिणाम कसको पक्षमा आउला भन्ने अड्कलबाजी र अनुमान लगाउनहरुको उतसुकता बढेको देखिएको छ । चार महानगरमध्ये काठमाडौ र ललितपुरमा एमाले राप्रपा तथा भरतपुर र पोखरामा कांग्रेस माआवादीबीच गठबन्धन भएकाले पनि ति स्थानको परिणाम कसको पक्षमा आउला भन्ने धेरैको चासो बनिरहेको छ ।

पछिल्लो नतिजा अनुसार ललितपुर महानगरपालिकामा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन अग्रस्थानमा छन् भने दोस्रोमा हरिकृष्ण व्यञ्जनकारको र तेस्रोमा माओवादी केन्द्रका दिनेश महर्जन छन् । काठमाडौंको कीर्तिपुर, चन्द्रगिरी, शंखरापुर, दक्षिणकाली लगायतका नगरपालिकामा पनि आइतबारबाटै सुरु भएको मतगणना अहिले पनि जारी छ ।

मनाङ, रुकुम, जुम्ला, नवलपरासीलगायतका जिल्लाका स्थानीय तहमा पनि गएराति देखि नै मतगणना जारी छ ।