लन्डन । तामाङ सामाज यूकेले तामाङ जातीको महान सांस्कृतिक पर्व एवं नयां वर्ष २८५१ सोनाम (लुक) ल्होछार मनाएको छ । आइतबार (२५ तारिख सांझ) ओकिङ्टन म्यानर हल, स्टोनब्रीजमा भव्य समारोहबीच ल्होछार मनाइएको हो । नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्य र समाजका अध्यक्ष दीपककुमार तामाङ (गोले) को अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा गायक मिलन लामा र गायिका शर्मिला बर्देवाका साथ स्थानीय कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुति दिए । समाजकी सचिव क्रान्ति योञ्जन ले संचालन गरेकी थिइन | शिब भण्डारी
(भिडियो र फोटो फीचर)



















