शिव परियारको आवाजमा नृपेश उप्रेतीको नयाँ गजल (भिडियो सहित)

लण्डन । गजलकार नृपेश उप्रेतीको नयाँ गजल “फूल झैँ” म्युजिक भिडियो सहित सार्वजनिक भएको छ।

लोकप्रिय गायक गायक शिव परियारको आवाज रहेको यस गजललाई रामकुमार रिमालले संगीतबद्व गरेका हुन्।

बेलायतमा बसेर गीत गजल लेख्नेहरुमा गजलकार उप्रेतीको नाम अग्रपंक्तिमा आउँछ। नेपाली चर्चित गायक गायिकाहरुको आवाजमा उनका ३ दर्जन भन्दा बढी गीत गजलहरु यस अघि सार्वजनिक भैसकेका छन्।

उनको पछिल्लो गजललाई निर्देशक कृष्ण पौडेलले म्युजिक भिडियोमा उतारेका हुन। रोमान्टिक भावको यो गजलको भिडियोमा उदयीमान नायिका आयूष्मा कार्कीको साथ बिमलको अभिनय रहेको छ।

हेर्नुहोस भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *