भक्तपुर, २८ वैशाख । चाँगुनारायण नगरपालिकामा नेकपा (माले) का तर्फबाट प्रमुख, उपप्रमुख, दुई वडाध्यक्षसहित आठ जना आज नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
सो नगरपालिकामा एमालेले आयोजना गरेको चुनावी सभामा मालेका तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिनुभएका साधुराम दाहाल, उपप्रमुखका उम्मेदवार लक्ष्मी मगराती, वडा नं ४ मा वडाध्यक्ष उम्मेदवार रामराज मगराती, सदस्य हरिशरण बोगटी र सीता मिजार एमालेमा प्रवेश गरेका हुन् ।
त्यस्तै वडा नं ५ मा वडाध्यक्षका उम्मेदवार सुरज बयलकोटी र सदस्य उम्मेदवार ईश्वर बयलकोटी पनि एमाले प्रवेश गरेका छन् । नवप्रवेशीलाई एमालेका सचिव योगेश भट्टराईले माला र टीका लगाएर पार्टी प्रवेश गराउनुभएको थियो । कार्यक्रममा एमालेबाट नगरप्रमुख उम्मेदवार सोम मिश्रले नगरकोट तथा चाँगुनारायण जस्तो सुन्दर र ऐतिहासिक ठाउँ एमालेले देशकै सुन्दर र आकर्षक गन्तव्य बनाउने बताउनुभयो ।






