लन्डन– लन्डनको केन्द्र ‘ट्राफलगर स्क्वायर’ मा भव्यरुपमा बुद्ध जयन्ती मनाइएको छ ।
बुद्ध जयन्ती मनाउन बिदेशी र सयौं नेपाली समुदाय उत्साहित भएर जम्मा भएका थिए । आइतबार साँझ ६ बजे देखि ९ बजेसम्म लण्डनको मुटु ट्राफलगर स्क्वायरमा सयौंको उपस्थितिमा बुद्ध जयन्ती मनाइएको हो ।
बेलायतको ऐतिहासिक स्थल ट्राफलगर स्क्वायरमा पहिलो पटक नेपालीहरुको आयोजनामा औपचारिक कार्यक्रम भएकोले कार्यक्रमलाई महत्त्वका साथ हेरिएको थियो ।
शान्तिको दूत गौतम बुद्धको शान्तिको सन्देश ,पर्यटन प्रबद्र्धन र बुद्धको जन्म स्थलको बारेमा विश्वमाझ फैलाउने उद्देश्यले लण्डनमा बुद्ध जयन्ती मनाइएको हो । लण्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड यूके, बुद्ध फाउण्डेसन यूके र कपिलवस्तु समाज यूकेको ले आयोजना गरिएको उक्त कार्यक्रममा एभरेष्ट गौतमले स्वागत मन्तब्य दिए ।
कार्यक्रममा कृषि राज्यमन्त्री राधिका तामाङ, बेलायतका पूर्वसांसदहरु, बेलायतका लागि विभिन्न देशका राजदूतहरु, कुटनैतिक नियोगका प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र ठूलो संख्याका सर्वसाधारणको उपस्थिति थियो । बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल बुद्धभूमि रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय रुपमा प्रबद्र्धन गर्न अझै नसकिएको बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका प्रतिनिधि पशुपति भण्डारी एन आर एन युके का उपाध्यक्ष हिराधन राइ एन आर एन युरोप संयोजक कुल आचार्य बेलायति पूर्व साम्सद सिमा मलोहत्रा लगायत ले सबोधन गर्नुभएको कार्यक्रमको सञ्चालन गणेश खड्काले गर्नुभएको थियो । धन्यवाद ज्ञापन भने दीपक श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा डा. सुमन शाक्यले बुद्ध दर्शनका बारेमा प्रवचन दिनुभएको थियो ।
कार्यक्रम सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको थियो । जसअनुसार स्वयंसेवक संयोजकमा जीवन सेन, साँस्कृतिक संयोजकमा सूर्य गुरुङ थिए अन्त्य मा नेपाल झल्काउने संगितिक माहोल बने को थियो ।






