काठमाडौं, बैशाख २४ । तान्जानियामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ ।
तान्जानियाको करातु शहरमा स्कुले बिद्यार्थी बोकेको बसले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।
घटनामा बसका चालक र दुई शिक्षकको पनि ज्यान गएको छ । मारिने अधिकांश १२ देखि १४ वर्ष उमेर समूहका रहेको बताइएको छ । (एजेन्सी)






