काठमाडौं– नेकपा एमालेले स्थानीय तहको चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ ।
आइतबार सार्वजनिक हुने भनिएको नेकपा एमालेको चुनावी घोषणापत्र सम्पादनकार्य पूरा नभएको भन्दै सोमबारमात्र सार्वजनिक भएको हो ।
एमालेले पार्टीका पूर्वअध्यक्ष मनमोहन अधिकारी र वर्तमान अध्यक्ष केपी ओली सरकारले अघि सारेका अधिकांश नीति तथा कार्यक्रम र योजनालाई अघि बढाएको छ ।






