‘हाफ गर्लफ्रेण्डको ट्रेलर सार्वजनिक (भिडियो)

चेतन भगतका पुस्तक नबिराइ पढ्ने नेपालका प्लस टु पुस्ताका लागि प्रतिक्षारत हुनसक्छ, फिल्म हाफ गर्लफ्रेण्ड । पुस्तकमा पढेका यो कथा कसरी फिल्मांकन गरिए होला ? कौतुहलता पनि हुनसक्छ । अब यस्तो कौतुहलता मेट्न धेरै समय कुर्नुपर्ने छैन । हालै भने यसको ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा गीतको एउटा स्थायी सुनिन्छ । धनाड्य रिया क्रमस मावको प्रेममा पर्छिन् तर, त्यसबीचमा केहि उतार चढाव आउँछ । ट्रेलर साढे दुई मिनेटको छ ।