काठमाडौं – उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रिपरिषद्को वरीयताक्रमलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासमक्ष गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
दाहालले उपप्रधानमन्त्री कमल थापालाई पहिलो नम्बरमा राखेपछि निधि रिसाएका हुन् ।
उनले प्रधानमन्त्री र सभापति देउवासँग आफूलाई पहिलो नम्बरमा नराखे सरकार छाड्ने चेतावनीसमेत दिइसकेका छन् । ‘थापा धेरैपटक मन्त्री भएकाले उनलाई दिइएको हो’, स्रोतले भन्यो ‘यस विषयमा थापासँगै छलफल गरेर टुंगो लगाउने प्रधानमन्त्रीले आश्वासन दिनुभएको छ ।’
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगत्तै नवनियुक्त उपप्रधानमन्त्री कमल थापालाई राखिएकोमा अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिले आपत्ति जनाएका छन् । थापाभन्दा पछि राखिए मान्य नहुने भन्दै उनले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् ।






