बेल्जियम– नेपाली जनसम्पर्क समिति बेल्जियमको अध्यक्षमा नेतृ सिता सापकोटाको उम्मेदवारी घोषणा गर्नुभएको छ ।
सापकोटाले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै चौथो अधिवेशनको लागी आफ्नो, योग्यता, क्षमता, अनुभव र योगदानको आधारमा अध्यक्ष पदको आकांक्षी बनेको बताउनु भएको छ । पार्टीको सुदृढ विकास, एकता सहकार्य र सहमतिलाई आफूले पहिलो प्राथमिकतामा राखेको सापकोटाको घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रको पूर्णपाठ यस्तो छ–
“कांग्रेस हुनुमा हाम्रो सान
एकताको अधिवेसन नै हाम्रो अभियान
तपाईहरुको अमुल्य मतदान,
महिला नेतृत्व हाम्रो पहिचान
आदरणिय नेपाली जनसम्पर्क समिती बेल्जियमका अग्रजहरु, नेपाली जनसम्पर्क समिती बेल्जियम संग आबद्ध क्रियाशील सदस्यज्यूहरु, साधारण सदस्यज्यूहरु तथा शुभचिन्चक आदरणिय वुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरु जय नेपाल,
१५ बर्षको उमेरदेखी शुरु गरेको मेरो राजनीतिक यात्राको अनुभवसंगै नेपाली जनसम्पर्क समिती बेल्जियमको आसन्न चौँथो अधिवेसनको लागी आफ्नो, योग्यता, क्षमता, अनुभव र योगदानको आधारमा अध्यक्ष पदको आकांक्षी बनेर यहाँहरु माँझ प्रस्तुत भएको छु ।
पार्टीको सुदृढ बिकाश, एकता सहकार्य र सहमती मेरो पहिलो प्राथमिकतामा रहनेछन । देशमा होस या बिदेशमा राष्ट्रीयता, लोकतन्त्र र समाजवादको आडमा रहेर मुलुकको समृद्द बिकाशमा पार्टीको मुल्य र मान्यता र ईतिहासलाई अंगिकार गर्दै अगाडी बढ्नु मेरो दायित्व रहने छ । प्रदेशको हाम्रो बसाईमा यहाँस्थित अन्य जातिय, क्षेत्रिय, बैचारिक र सामाजिक संग संगठनहरुसँग हातेमालो र सहकार्य गर्दै अगाडी बढ्ने नै छु । र यहाँभित्र आईपर्ने हरेक नेपालीका दुःख अप्ठ्याराहरुलाई आत्मसाथ गर्दै सक्दो सेवा गरेकै छु जस्तो लाग्दछ । र आगमी दिनहरुमा पनी र बैचारिक संगठनमा रहेर पनी मेरो सामाजिक दायित्व यही नै रहने छ । जुन दायित्व र कर्तब्यबाट म कदापी पछाडी हट्ने छैन ।
सहमतिय नेतृत्वमा मेरो अन्तिमसम्म पनी पहल रहने छ, भला म बन्न सकुँ या नसकुँ, संगठनको बृहत्तर हितको लागी अग्रजहकले चालेको कदम नै मेरो लागी निर्णायक र कर्तव्य बन्ने छ । आजका हामी महिला ,परिवार समाज र सिंगो राष्ट्रको नै नेतृत्व लिन सक्ने हैसियत बन्दै गर्दा म मा पनी आँफुले त्यो हरेक क्षेत्रमा फिट हुन सक्ने ईच्छाशक्ती र सामथ्र्य जुटाउन सक्ने हैसियत राख्दै भन्न चाहान्छु, यो समाजमा बस्दै गर्दा जानेर या अन्जानमा कहीँ कतै र कसैको चित्त दुखाउन पुगेको भए पनी मान्छे हुँ, गल्ती हुन सक्दछ सच्चिने अवसर दिनु नै हुने छ आसा राख्दै यहाँहरुको सामु पूर्ण सहयोग सरसल्लाह र सुझावको अपेक्षा गर्दै आफ्नो सबल र सक्षम टिम सहित छिटै नै भाबी कार्यक्रम, योजना र घोषणापत्रका साथ उपस्थित हुने प्रतिबद्दता जाहेर गर्दै यहाँहरुको सहयोग सँधै सबै लाई र अहिले मलाई भन्ने नाराका साथ सहयोगको लागी पुनः हार्दिक अनुरोध गर्दछु ।” जय नेपाल






