विधेयक छलफलमा लैजान एमालेको सहमति, संसद खुल्यो

काठमाडौं– सरकार र प्रतिपक्षबीच व्यवस्थापिका–संसद्‌मा प्रस्तुत संविधान संशोधन विधेयकलाई छलफलको प्रक्रियामा लैजान सहमति भएको छ ।

बिहीबार बिहान सभामुख ओनसरी घर्तीमगरको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसहितको बैठकमा उक्त सहमति भएको सभामुख घर्तीले बताइन् ।

आजैबाट संसद्को बैठक सञ्चालन हुने र संविधान संशोधन लगायत कार्यसूचीमा रहेका विषय प्रक्रियागत रुपमा अघि बढाउन प्रतिपक्षले सहयोग गर्ने सहमति भएको सभामुख घर्तीले बताइन् । ‘सहमतिभन्दा अर्को विकल्प छैन । आगामी दिनमा पनि सहमतिबाटै अघि बढ्नुपर्ने आवश्यकता छ । आज भएको सहमतिप्रति म खुसी व्यक्त गर्दछु,’ सभामुख घर्तीले भनिन् ।