काठमाडौं– नेकपा एमालेले संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव अघि नबढाउन आग्रह गरेको छ । एमाले संसदीय दलको बुधबार बसेको बैठकले प्रस्तावलाई अघि नबढाउन सरकारसँग आग्रह गरेको हो ।
यद्यपी सरकारबाट चुनावको मिति घोषणा भइसककाले सबै दलहरुलाई मिलाएर लैजानुपर्ने अवस्था रहेकाले प्रस्ताव अघि बढाइए छलफल भने गर्न दिने निर्णय गरेको बैठकपछिसांसद पशुपति चौलागाईँले गरेको बताए । उनका अनुसार विधेयकलाई निणयार्थ प्रस्तुत गरिने बेलामा भने एमालेले विपक्ष उभिने छ ।
यसअघि एमालेले संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित रहेको भन्दै तीब्र विरोध गर्दै आएको थियो ।
यस विषयमा समान धारणा बनाउन एमालेले अहिले विपक्षी ९ दलीय गठबन्धनसँग पनि छलफल गरिरहेको छ। संसद बैठक भने दुई बजेपछि बस्दैछ ।
संसदीय दलको बैठकले मेची महाकाली अभियानमा सबै सांसददलाई फिल्डमा खट्न निर्देशन समेत दिएको छ ।
यस्तै जनकपुरमा एमाले नेता बामदेव गौतमविरुद्ध भएको प्रदर्शनको समेत बैठकले विरोध गरेको छ ।






