एप्पलका अबका उत्पादनमा फरक डिस्प्ले

एप्पलले आफ्ना उत्पादनमा प्रयोग गर्दे आएको टच आइडी फिँगरप्रिन्ट रिडर भन्दा भिन्न प्रविधि अपनाउने उल्लेख गरेको छ जसले एप्पलका आउँदा आइफोन तथा आइप्याडको स्क्रिन हालको भन्दा फरक हुन सक्ने छ।
एप्पलले अब उत्पादन हुने आफ्ना आइफोन र आइप्याडमा आइफोन फाएभको लन्चसँगै अपनाएको हालको टच आइडी प्रविधिलाई प्रतिस्थापन गर्दै बाओमेट्रीक सुरक्षा प्रविधि अपनाउने भएको छ जसले गर्दा उसका आगामी उत्पादनहरुमा फुलफेस ओएलइडी डिस्प्ले रहन सक्छ।
एप्पलका आगामी सेटहरुमा अपटिकल फिँगरप्रिन्ट सेन्सीङ र प्रयोगकर्ताको मुहार चिन्न सक्ने प्रविधिको डिजाइन परिवर्तन हुने भएपछि डिस्प्लेको स्वरुप पनि परिवर्तन हुने बताइएको छ।