वासिंटन, पुस २९ । अमेरिकी न्याय विभागले राष्ट्रपति चुनावका बेला अमेरिकी जाँच एजेन्सी एफबीआईले चालेको कदमको जाँच गर्ने निर्णय गरेको छ ।
उक्त विभागका निर्देशक माइकल होरोवित्जले एफबीआईको कदममा खोट देखिएकाले जाँच गर्ने निर्णय गरिएको जानकारी दिए ।
अमेरिकी चुनावको ठिक ११ दिनअघि एफबीआईले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको इमेल सर्वरसँग सम्बन्धित बिषयमा जाँच गर्ने निर्णय गरेको थियो । यसैका कारण निर्वाचनमा पराजित हुनपरेको गुनासो हिलारीले गर्दै आएकी छन् ।






