१६ भागको प्रतिवेदन : काठमाडौंभन्दा पोखरा ठूलो महानगर, २ जिल्लामा गाउँपालिका छैन

????????????????????????????????????

आयोग अध्यक्ष बालानन्द पौडेलले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूको उपस्थितिमा संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक हजार ७ सय १८ पृष्ठको प्रतिवेदन बुझाए ।

आयोगले तयार गरेको प्रतिवेदनअनुसार काठमाडौं महानगरभन्दा कास्कीको पोखरा महानगर ठूलो भएको छ । काठमाडौं महानगरमा ३२ र पोखरामा ३३ वटा वडा छन् । स्थानीय निकाय कायम रहँदा काठमाडौं महानगरमा ३५ वडा छन् । चितवनको भरतपुर र ललितपुर महानगरमा २९ वडा छन् ।

काठमाडौं र भक्तपुर जिल्लामा गाउँपालिका छैनन् । भक्तपुरमा चारवटा नगरपालिका छन् । काठमाडौंमा आठवटा नगरपालिका र एउटा महानगरपालिका छन् । विद्यमान संरचनामा पनि यी जिल्ला गाउँ विकास समितिविहीन भएका छन् ।

एक सदस्यको फरक मत आयोगका सदस्य सुनीलरञ्जन सिंहले प्रतिवेदनमा फरक मत राखेका छन् ।