काठमाडौं – नेपाल र अस्ट्रेलियाका परराष्ट्र सचिवहरुबीच संयन्त्र निर्माण हुने भएको छ । प्रत्येक दुई बर्षमा आपसी छलफल र बैठक गर्ने उदेश्यका साथ केहि महिनाभित्रै सम्झौता हुनेछ ।
दुतावास स्थापना भएपनि हालसम्म दुई मुलुकबीच दोहोरो कुटनीतिक सम्झौता हुन सकेको छेन ।
यो सम्झौता भए यसले लगानी, व्यापार, भिसा प्रक्रिया र कूटनीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने क्यानबेरास्थित दूतावासका अधिकारीहरुको दावी छ ।






