लन्डन– बेलायतमा एक नेपाली युवकको मृत्यु भएको छ ।
बर्मिघममा मंगलवार साथीहरुसँग फुटबल खेल्दाखेल्दै २० वर्षीया निशान भण्डारीको मृत्यु भएको हो । फुटवल खेल्दै गरेको बेला अचानक ढलेपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो ।
बाग्लुङको गल्कोट घर भएका भण्डारी आफ्ना बुवाआमासँगै बस्दै आएका थिए । उनको शव स्थानीय स्यान्डबेल वेष्टर्बमवीच हस्पिटलमा राखिएको छ ।






