काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा शनिबार राजधानीमा प्रदर्शन गरिँदै छ ।
‘भ्रष्टहरुको जालो तोड्दै लोडसेडिङको अन्त्य गरौँ, कमिसनखोरको पञ्जाबाट प्राधिकरण मुक्त गरौं’ भन्ने नारासहित उज्यालो नेपालको आयोजना र विवेकशील नेपाली दलको व्यवस्थापनमा र्यालीसहित प्रदर्शन गर्न लागिएको हो ।
भृकुटी मण्डपबाट दिउँसो एक बजेपछि सुरु हुने र्याली खुल्लामञ्च जाने र विशेष साँस्कृतिक कार्यक्रममा परिणत हुने विवेकशील नेपालीका राजन अधिकारीले बताए ।






