केसीले अनसन तोड्ने सम्भावना

काठमाडौं– विगत २१ दिनदेखि अनशनरत डा गोविन्द केसीको अनशन तोडाउने सरकारी प्रयास शनिबार पनि सफल हुन सकेन ।

शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा दिनभर भएको वार्तामा पनि निष्कर्ष निस्किएन ।

चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा डा जेपी अग्रवालको नियुक्ति भइसक्दा पनि डा केसीले त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँको राजीनामामा अडान लिएका छन् ।

दुवैतर्फका वार्ता टोलीले तयार गरेको १२ बुँदे सहमतिको मस्यौदा तयार भइसकेको र आइतबार सहमतिपत्रमा हस्ताक्षर हुने वार्तामा सहभागी डा जीवन क्षेत्रीले जानकारी दिए ।

उनले आज राति अबेरसम्म भएको वार्तामा सबै विषयमा सहमति भएको र त्यसलाई आइतबार अन्तिमरुप दिने तयारी गरिएको उल्लेख गरे ।