संसदले भने– स्वतन्त्र र सक्षम न्यायपालिकाको आश गर्न नसकिने भयो

;+;bdf 5nkmn hf/L k|wfgdGqL s]kL zdf{ cf]nLdfly Joj:yflksf–;+;bsf] ljZjf; 5}g eGg] cljZjf;sf] k|:tfjdf 5nkmn x'Fbf cfOtaf/ pkl:yt ;f+;bx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं– सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अदालतको म्याद तामेली गर्न नदिएर न्याययिक सर्वोच्चतालाई चुनौती दिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

व्यवस्थापिका संसदको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले संवैधानिक निकायका प्रमुखको गतिविधिले कानुनी राज्यको उपहास गरेको टिप्पणी गरेका हुन् ।

नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले अदालतले म्याद तामेली गर्न पटक पटक प्रयास गर्दा पनि कार्कीका आफन्तले अवरोध गरेर अदालतको आदेश उल्लंन गरेको आरोप लगाउ । एक जना व्यक्तिको मुद्धाको तामेली गर्न पनि सर्वोच्चले नसकेको दृष्टान्तबाट स्वतन्त्र र सक्षम न्यायपालिकाको आश गर्न नसकिने उल्लेख गरे । सांसद अधिकारीले कार्कीको बिदा स्विकृतको प्रयोजनबारे सरकारले सदनलाई जानकारी दिनुपर्ने बताउ ।

नेकपा एमालेका सांसद रेवतीमरण भण्डारीले अख्तियार प्रमुख कार्कीले सादा पोशाकका प्रहरी परिचालन गरेर अदालतको आदेश तामेल हुनु नदिने षडयन्त्र गरेको आरोप लगाउ । उनले अदालतले कार्कीको मुद्धा तामेली गर्न नसक्नुबाट नेपालको कानुन, प्रशासन सबैतर्फ गम्भीर शंका उब्जिएको बताए ।

थरुहट तराई पार्टी नेपालका सांसद गंगा चौधरीले अख्तियार प्रमुख कार्कीलाई बचाउने राजनीतिक दलहरु नै भएकाले पहिलो उनीहरुलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने माग गरे ।

सोमबार अख्तियार प्रमुख कार्कीको निवास पुगेका सर्वोच्चका कर्मचारीलाई उनका आफन्त लगायतले म्याद तामेलीको सुचना टासमा अवरोध पुर्याएका थिए ।