उपत्यकामा चहलपहल बढ्यो

काठमाडौं– दसैँका बेला फुलपातिदेखि करिब सुनसान बनेको उपत्यकामा बुधबारदेखि चहलपहल बाक्लिएको छ ।

सर्वसाधरण विभिन्न पहिरनमा सजिएर आफन्तकहाँ टीका र आशिर्वाद लिन बाक्लो सङ्ख्यामा आवतजावत गरिरहेका छन ।

सवारी साधन पनि उल्लेख्य चल्न थालेका छन् । उपत्यकामा अति आवश्यक सामानका पसल खुलेका छन् । सडकमा मानिसको आवत जावत पनि बाक्लिएको छ ।

उपत्यकामा विगत तीन दिनको तुलनामा बढी सवारी साधन चलेको छ । टीकापछि बुधबार उपत्यकामा सवारीको चाँप बढेको र हालसम्म कुनै गम्भीरप्रकृतिका घटना नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।