काठमाडौं । प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका छन् ।
प्रदेश ५ को नाम र राजधानीमाथिको छलफल भइरहेको प्रदेशसभामा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी र तोडफोड गरेकाछन् । तोडफोडकै बीच चलिरहेको बैठकमा छलफलमा उठेका प्रश्नको जवाफ दिन रोस्टममा पुगेका मन्त्री केसीले नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका हुन् ।
उनी बोल्ने क्रममा सत्तारुढ सांसदले प्रश्न सोध्न हात उठाइरहेका थिए भने विपक्षी कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका थिए । त्यही बेलामा उनले काँग्रेसलाई विपीको पाठ समेत पढाउन भ्याए ।
भिडियो
https://www.youtube.com/watch?v=MVgiupyNCPM






