काठमाडौं– सरकारले दसैंअघि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सम्भावना टरेको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्नेबारे सत्तारूढ कांग्रेस र माओवादी केन्द्रबीच साझा धारणा नबनेपछि दसैंअघि प्रस्ताव दर्ता हुने सम्भावना टरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मधेसी मोर्चाका नेतासँग भेटदै दसैंअघि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने आश्वासन दिएका थिए ।
नवलपरासीदेखि बर्दियासम्म सीमांकन गर्नेबारे कांग्रेससँग मोटामोटी सहमति भए पनि पूर्वका तीन जिल्ला र पश्चिमका दुई जिल्लालाई विवादित क्षेत्र घोषणा गरी पुनस्संरचना आयोगलाई जिम्मा दिनेबारे कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक छैनन् ।
प्रधानमन्त्री दाहालका मुख्य राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनालले सत्तारूढ दलहरूबीच असमझदारी नरहेको दाबी गरे पनि दसैंअघि संविधान संशोधन प्रस्ताव दर्ता हुने सम्भावना टरेको बताए ।






