गुल्मी जिल्ला समाज यूकेको पहलमा क्यान्सर पीडितलाई ‘३ लाख ४७ हजार, सहयोग हस्तान्तरण

लन्डन– गुल्मी जिल्ला समाज यूकेको पहलमा क्यान्सर पीडित दुई जनालाई आर्थिक सहयोग गरिएको छ ।gori1

विगत तीन महिनादेखि कान्ति बाल अस्पतालमा ब्लड क्यान्सरको उपचार गराइरहेका गुल्मी धुर्कोट बस्तुका ५ बर्षीय बालक रोयल पाण्डेलाई गुल्मी जिल्ला समाज यूकेको पहलमा १ लाख ९६ हजार ३ सय ४० रुपैयाँ सहयोग गरिएको छ ।

गुल्मी जिल्ला समाज यूके र पिटरबोरो समाज यूकेसँग आबद्ध समाजसेबीहरूबाट संकलित उक्त रकम सेप्टेम्वर २५ तारिखमा समाजसेवी एवं पूर्व सांसद रूद्रमणि भण्डारीले अस्पतालमा पुगेर बालकका आमाबुवालाई हस्तान्तरण गरेका हुन् ।

गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार एवं पिटरबोरो नेपाली समाज यूकेका निवर्तमान उपाध्यक्ष केशव भण्डारी र गुल्मी जिल्ला समाज यूकेका महासचिव शिव भण्डारीले पीडित परिवारको अनुरोधमा बालक रोयल पाण्डेको उपचारार्थ बेलायतबाट सहयोग संकलनको संयोजन गरेका थिए । बालकका बुबा लक्ष्मण पाण्डेले सबै सहयोददाताहरूलाई धन्यवाद दिदै सहयोगदाता एंव शुभेच्छुकहरूको प्रार्थनाले छोराको स्वास्थ्यमा सुधार देखिएको बताए ।gori4

समाजले दिल्लीको राजिव गान्धी क्यान्सर अस्पतालमा ब्लड क्यान्सरको उपचार गराइरहेका गुल्मी आपचौर ईन्द्रेगौडा निवासी रामप्रसाद भण्डारीलाई १ लाख ५० हजार ८ सय १२ रुपैयाँ सहयोग गरेको छ । पूर्वसांसद भण्डारीले भण्डारीकी सहयोगी दिदी एवं समाजसेवी विष्णु सापकोटालाई रकम हस्तान्तरण गरे ।

सापकोटाले, गुल्मी जिल्ला समाजका रामप्रसाद सापकोटाको संयोजनमा बेलायतबाट संकलित उक्त रकम छिटै बिरामीसँग पुर्‍याउने बताउँदै गुल्मी जिल्ला समाज यूके र सबै सहयोगदातालाई विरामी परिवारको तर्फबाट धन्यवाद दिइन् ।gori2

यसैबीच गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष राम गलामीले बिरामीको उपचारका लागि सहयोग गर्ने सबै सहयोगदाता महानुभावलाई धन्यवाद दिएका छन् । उनले रकम संकलन अभियान सञ्चालनगर्ने महासचिव शिवभण्डारी,समाजसेबी रामप्रसाद सापकोटा, सल्लाहकारहरु केशव भण्डारीलाई विशेष धन्यवाद दिए । गलामीले बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।