२ माघ, बुटवल । रुपन्देही भैरहवास्थित दुई ठूला होटलका क्यासिनोमा प्रहरीले गएराति छापा मारेको छ ।
भैरहवास्थित होटल लाकौल र होटल नान्सको मिनी क्यासिनोमा नेपालीलाई पनि प्रवेश गराई जुवा खेलाउने गरेको आशङ्कामा प्रहरीले छापा मारेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले आकस्मिक रुपमा होटल नान्समा रहेको क्यासिनोबाट नौ जना र होटल लाकौलको क्यासिनोबाट १४ जनालाई नियन्त्रणमा लिएको छ ।
ती क्यासिनोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस







