बम राखेर आतंकित गराउनेलाई कडा कारवाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री विमलेन्द्र निधिले विभिन्न नीजि विद्यालयमा बम राखेर आतंक सृजना गर्नेलाई छानविनमा ल्याई कारवाही गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्रालयका प्रवक्ता यादव प्रसाद कोइरालाका अनुसार शिक्षा जस्तो संवेदनशिल ठाउँमा बम राखेर आतंकित गराउनेलाई कडा कारवाही गर्न मन्त्री निधिले सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

‘तीन जना समातिएको छ, अरुको खोजी भइरहको छ, दोषीलाई कारवाही हुन्छ, प्रवक्ता कोइरालाले भने, गृहमन्त्रालय यो घटनाप्रति निकै गम्भीर छ ।’