काठमाडौं– राजधानमै ६ ठाँउमा बम आंतक मच्चाउने हरकत हुँदा पनि देशको गुप्तचर निकाय भने अनविज्ञ देखिएको छ । स्रोतका अनुसार सम्भावित यस्ता घटनावारे राष्ट्रिय अनुसन्धान विभागले सरकारलाई जानकारी गराएको थिएन । ‘संविधान दिवसमा सुरक्षा निकाय केन्द्रीत भएको बेला राजधानीमा बम आंतक मच्चाइनु एउटा सुनियोजित योजना हुन सक्छ ।’ एक पूर्व सुरक्षा अधिकारीले भने , ‘गुप्तचर एजेन्सीले यसमा ध्यान दिनपर्दथ्यो ।’ उनले राजधानीजस्तो ठाँउमा यस्तो घटना हुनुले देशको सुरक्षामाथि प्रश्न उठाउने बताए ।
स्कुलमा बम विष्फोट : गुप्तचर निकाय पनि चुक्यो






