एनआरएन यूकेको काउन्सिल बैठक ११ सेप्टेम्बरमा, सहभागी भइदिन आग्रह

nrn-ukलण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले आउंदो सेप्टेमबर महिनाको ११ तारिख आइतबारका दिन काउन्सिल बैठक गर्ने भएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा बिहान १० बजेदेखि सांझ ८ बजेसम्मका लागि तय सो बैठकमा बेलायतमा क्रियाशिल सम्पुर्ण नेपाली संघसंस्थालाई आमन्त्रण गरिएको छ ।
एनआरएन यूकेका उपाध्यक्ष तथा संघसंस्था समन्वय विभागका प्रमुख दासुराम पाण्डेले बेलायतस्थित सबै नेपाली संघसंस्थालाई कार्यक्रममा आमन्त्रण गर्दै पत्र पठाइसकिएको जानकारी दिएका छन् । प्राविधिक कारणले कुनै संस्थाले पत्र पाइनसकेको भए उनले एनआरएन यूकेमा सम्पर्क राखेर बैठकमा सहभागी भइदिन सबैमा आग्रह गरेका छन् ।

बेलायतस्थित नेपाली संघसंस्थाहरुबीचमा आपसी एकता र भातृत्व बढाउने तथा नेपाल र नेपालीलाई अधिकतम हित हुने गरी कसरी काम गर्न सकिन्छ भन्ने विषयमा विमर्श गर्नु नै काउन्सिल बैठकको उद्धेश्य छ ।

कार्यक्रममा सहभागी सम्पुर्ण संघसंस्थाका प्रतिनिधीहरुलाई विभिन्न समुहमा विभाजन गर्ने र उनीहरुलाई निश्चित विषयमा छलफल गर्न लगाएर उनीहरुबाट धारणा तथा सुझावहरु संकलन गर्ने गरिन्छ ।

कार्यक्रम हुने मिति : 11 September 2016, Sunday

स्थान : Empire, Banqueting Hall, The Kings Centre, Aldershot, Hampshire, GU11 1DJ
समय : 1000 HRs to 2000 Hrs
contact email : nrnuk1517@gmail.com वा nrnuk2014@gmail.com