लण्डन । सशस्त्र द्वन्द्वकालमा नेपालमा यातना दिएको अभियोगमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायतस्थित एक अदालतले सफाइ दिएको छ ।
जुन महिना देखी सुरु भएको सुनुवाइको क्रममा लामाले आफु माथि लागेका आरोप अस्वीकार गर्दे आएका थिए । लन्डनस्थित ओल्ड बेली केन्द्रिय फौज्दारी अदालतमा भएको फैसला सुन्न लामा आफ्नी श्रीमति सहित अदालतमा उपस्थित थिए ।
सुडान मिसनमा कार्यरत रहेको बेला उनी छुट्टीमा बेलायतमा बसोबास गर्ने आफ्नो परिवारलाई भेटन आएका बेला सन् २०१३ को जनवरीमा पक्राउ परेका थिए ।






