लण्डन । विश्वका जुनसुकै मुलुकका लागि भिसा आवेदनसम्बन्धी सम्पुर्ण सेवाहरु प्रदान गर्दै आएको काठमाडौंस्थित सम्पुर्ण भिसा सोलुसनले आइतबार लण्डनमा एक अन्तरक्रिया सम्पन्न गरेको छ ।
नर्थफिल्डस्थित काठमाडौं रेष्टुरेन्टमा ३ दर्जन बढि सहभागीहरुबीच सो अन्तरक्रिया गरिएको हो ।
अहिले बेलायतमा रहेकी सम्पुर्ण भिसा सोलुसनकी सञ्चालिका लिला मास्के र लण्डनस्थित एभरेष्ट ल सोलिसिटरका वरिष्ठ सोलिसिटर राजु थापाले भिसा आवेदन र यसका प्रक्रियाबारे सहभागीले राखेका विभिन्न जिज्ञासामा जवाफ दिएका थिए ।
भूतपूर्व गोर्खाका छोराछोरी तथा डिपेण्डेन्ट, अन्य भिसामा हुनेहरुका श्रीमति तथा छोराछोरी, भ्रमणका लागि परिवारका सदस्य आदिको लागि कसरी भिसा आवेदन गर्ने तथा के कस्ता कागजात आवश्यक रहने भन्ने लगायतका विषयमा सहभागीले प्रश्न गरेका थिए ।
विगतमा काठमाडौंस्थित बेलायती दूतावासको भिसा सेक्सनमा काम गरेकी लिला मास्के, बेलायती तथा अमेरिकी दुवै दूतावासमा कामको अनुभव बटुलेकी नन्दिनी प्रधान र प्रभात मास्के मिलेर सम्पुर्ण भिसा सोलुसन सञ्चालन गरेका छन् ।
१ वर्षअघि सञ्चालनमा आएको यो कन्सल्टेन्सीले बेलायतसम्बन्धी सम्पुर्ण कामहरु यहांस्थित एभरेष्ट ल सोलिसिटरको सुपरभिजनमा गर्दै आएको छ ।
कुनै पनि भिसा आवेदनका लागि आवश्यक कागजातहरु तयार गरिदिने, अनलाइन फाराम भरिदिने, अपोइन्टमेन्ट बुक गरिदिने र आवश्यकताअनुसार अपिलका लागि पनि मद्धत गर्ने लगायतका सेवा सम्पुर्ण भिसा सोलुसनले उपलब्ध गराएको छ ।






