जापानमै लुके नौ गैरखेलाडी (नामसहित)

काठमाडौं–क्रिकेट खेलाडीका रुपमा मैत्रीपूर्ण खेल खेल्न जापान लगिएका नौजना गैरखेलाडीले काठमाडौं फर्कने टिकट जापानबाटै रद्द गराएको खुलेको छ ।

१५ दिनको भिसासहित जापान लगिएका उनीहरु जापानमै भासिएको मंगलबार ४७ दिन बितेको छ ।

अध्यागमन विभागका अनुसार अन्य नेपाली टोलीसहित गत १५ जुलाईमा जापान गएका ती गैरखेलाडी मंगलबारसम्म स्वदेश फर्किएका छैनन् ।

ती गैरखेलाडीले पहिलै नै बुकिङ गरिसकेको आफ्नो फर्कने टिकटसमेत रद्द गरेको जानकारी सम्बन्धित ट्राभल एजेन्सीले दिएको छ ।

यी हुन जापानमै लुकेका गैरखेलाडी

  • रामसुर बुढा
  • सञ्जिव बुढा
  • रोमी सरङ्कोटी राना
  • सूर्य बानियाँ
  • नरेन्द्र बुढा
  • सुन्दरकुमार ओली
  • श्यामकुमार पुन
  • डेन्डी शेर्पा
  • लक्ष्मण छन्त्याल