मोदीका दुई ट्विट, उत्साहजनक प्रतिक्रिया

काठमाडौं–उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग भेटेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईवटा ट्विट गरेका छन् ।

पछिल्लो एक वर्षमा सामाजिक सञ्जालमा नेपालबारे मोदी प्रायः मौन थिए ।

मोदीले पहिलो ट्विटमा ‘नेपालका उपप्रधानमन्त्री तथा गृहमन्त्री श्री विमलेन्द निधिसँग अत्यन्तै राम्रो भेटठवार्ता’ भएको उल्लेख गरेका छन् ।

दोस्रो ट्विटमा मोदीले भनेका छन्, ‘नेपाल–भारत सम्बन्ध जनस्तरका बलियो सम्बनधबाट निर्देशित छ । भारत मित्रता थप मजबुत पार्न चाहन्छ ।’

यी दुई ट्विट गरेका मोदीलाई ट्विटरमाफृत नै उत्साहजनक प्रतिक्रिया आइरहेको छ ।