‘नेपाल हाउस’ बनाउने महत्त्वाकांक्षी अभियानमा बेलायतवासी नेपाली

एकै दिन उठ्यो १ लाख १२ हजार पाउण्ड

लन्डन– ‘नेपाल हाउस’ बनाउने महत्त्वाकांक्षी अभियानमा बेलायतवासी नेपालीले सक्रियता देखाउन थालेका छन् ।

एनआरएनए यूकेको महत्वाकांक्षी प्रोजेक्ट ‘नेपाल हाउस’ निर्माणका लागि आर्थिक सहयोग जुटाउन सोमबार साँझ अल्डरसटमा गरेको च्यारिटी डिनरमा एकै दिन एक लाख १२ हजार दुई सय ३० पाउण्ड, ५५ पेन्सको प्रतिबद्धता आएको छ । एनआरएनए यूकेले नेपाल हाउसकै लागि गरेको यो दोश्रो च्यारिटी हो । यसअघि एकलाख ५१ हजार पाउण्ड हाराहारीको प्रतिवद्धता आइसकेको एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

15782079_10208059203106716_300816455_nबेलायतवासी सबै नेपालीको साझा घर (कम्युनिटी सेन्टर) ‘नेपाल हाउस’को कुल अनुमानित लागत २ मिलियन पाउण्ड (बीस लाख पाउण्ड) छ । तर, संघले पहिलो चरणमा जग्गा खरिद गरि प्लानिङ परमिसन लिएर बिस्तारै भवन बनाउने लक्ष्य लिएको छ ।

एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल प्रमुख अतिथि थिए । विशेष अतिथि राजदूत डा. दुर्गाबहादुर सुवेदी, अतिथिहरु एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक सूर्य गुरुङलगायतले नेपाल हाउसको महत्वबारे चर्चा गरे ।

15776544_1557994694216784_270108234_oपहिलो चरणको कार्यक्रम एनआरएनए यूके महासचिव विजयविक्रम लिंग्देनले सञ्चालन गरेका थिए । संरक्षक सूर्य गुरुङले नेपाल हाउसमै केन्द्रित कविता वाचन गरेपछि साझा घर किन आवश्यक छ भन्नेबारे प्रष्ट्याएका थिए ।

नेपाल हाउसका टेक्निकल डिरेक्टर इन्जिनियर राजेश पाठकले प्रोजेक्टबारे प्रिजेन्टेसन दिएका थिए । पाठकले नेपाल हाउसमा गोर्खा संग्रहालय, ६ सय जना अट्ने सम्मेलन कक्ष, २ सय कार क्षमताको पार्किङ, सोभिनर सप, सूचना केन्द्र, संघको कार्यालय आदि समावेश हुने जानकारी दिए ।

15731155_10208059204386748_340471364_nएकैपटक घर निर्माण सम्भव नभएकाले क्रमिकरुपमा कार्य गरिने जानकारी दिइएको छ । ०१७ को मार्चसम्म जग्गा खरिद गर्ने, ०१७ अन्त्यसम्म प्लानिङ परमिसन लिइ ०१८ बाट निर्माण कार्य थालेर २०२० मा नेपाल हाउस उद्घाटन गर्ने लक्ष्य रहेको पाठकले अवगत गराएका थिए ।

कार्यक्रममा संस्थाको मुखपत्र एनआरएन भ्वाइस विमोचन गरियो ।

कार्यक्रममा दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरण, एनआरएनए आइसीसी सल्लाहकारहरु मेजर (रि.) डमर घले, विश्वआदर्श पण्डित, डा। हेमराज शर्मा, एनआरएनए यूके पूर्व अध्यक्षहरु योगेन्द्र क्षेत्री, महेन्द्र कँडेल, एनआरएन यूकेका पूर्वमहासचिव आरके त्रिपाठी, बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिसहित सयौं सहभागी थिए । कार्यक्रममा मिस यूके नेपाल २०१६ टेनिसा राना र सयपत्री कल्चरल ग्रुपले विभिन्न नृत्य देखाएका थिए ।

एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठले दाताहरुलाई प्रतिवद्धता बमोजिमको रकम निम्न बैंक खातामा यथाशक्य छिटो डिपोजिट गरिदिन पनि आग्रह गरेका छन् ।